Course Catalog

Plant physiology
Course Code: 52
Course Author: Sumira Khatiwada
Start Date:
Microbiology
Course Code: 51
Course Author: Sumira Khatiwada
Start Date:
Soil Science
Course Code: 50
Course Author: Sumira Khatiwada
Start Date:
Banner
AgLearn के हो ?

कृषि नेपाली अर्तथतन्त्र र जनजीवनको अभिन्न अङ्ग रहि आएको छ। मूलतः अर्तथतन्त्रको ठुलो हिस्सा ओगट्ने कृषि क्षेत्रले रोजगारीको समेत राम्रो अवसर सिर्जना गरेको छ। यसर्थ कृषि पेशालाई कृषि शिक्षा, कृषि अनुसन्धान तथा कृषि प्रसारसँग जोड्दै व्यवसायिक, प्रतिस्पर्धी र सम्मानजनक पेशाको रुपमा अघि बढाउनु आजको प्रमुख आवश्यकता पनि हो ।

सूचना र प्रविधिको द्रुततर विकाससँगै हामीले सिक्न पर्ने र हालसम्म सिकेका तथा व्यवहारमा उतार्न नसकेका धेरै कृषि सम्बन्धि ज्ञान, सीप र धारणालाई समानकुल व्यवस्थित, परिमार्जित, उत्पादनशील र दीगो बनाउनु अपरिहार्य भइसकेको छ। यसै तथ्यलाई आत्मसात गदै प्रदेश नं. १ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय विराटनगरले कृषि शिक्षा, तालिम तथा सिकाईलाई व्यवस्थित गर्ने दीर्घकालीन सोचका साथ यो अनलाईन तालिम प्रणालीको विकास गरेको छ ।

AgLearn ले कसरी काम गर्दछ ?

यो प्रणाली एउटा अनलाईन प्लेटफर्म हो जसले विद्यार्थी, सेवाकर्मी प्राविधिक, अनुसन्धानकर्ता र कृषि क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालालाई ज्ञान सीप, क्षमता र दक्षता हासिल गर्न सहजता प्रदान गर्दछ । प्रायः जसो कोर्सका पाठहरु (Lesson) विभिन्न हप्ताहरुमा विभाजन गरिएका हुन्छन् । प्रस्तावित कोर्सहरू प्रायः ६ पाठ (Lessons/chapters) भन्दा धेरैका हुनेछन। प्रत्येक पाठ र च्याप्टरहरु दशदेखि बिस मिनेटको छोटो व्याख्यानको रूपमा रहनेछन् । पाठ्यक्रम शुरु हुने बित्तिकै प्रति हप्ता चारदेखि छ व्याख्यानहरू स्ट्रिमिंग भिडियोहरु (Streaming videos) को रूपमा जारी रहनेछन् । आवश्यकता अनुरुप, पावर-पोइन्ट स्लाइडहरु र प्रदर्शनहरु पनि समावेश गरिएका हुन्छन् । यसलाई भविष्यमा अन्तरक्रियात्मक होस् भन्ने सोचका साथ प्लेटफर्ममा विद्यार्थीहरुलाई पाठ्यक्रम संकाय र अन्य सहभागीहरु समक्ष प्रश्नहरु खडा गर्दै सिकाई र अन्तरक्रियात्मक कौशल वृद्धि गर्न सहयोग गर्दछ । कहिलेकाहिँ अनलाइन कुराकानी सत्रहरु सिमेत आयोजना गरिनेछ । समय समयमा हुने क्विज/परिक्षामा प्रशिक्षार्थीहरुले भाग लिनु पर्दछ । अनलाइन छलफल र फोरमहरुमा प्रत्येक विद्यार्थीको सहभागिता ट्रयाक गरिएको हुन्छ र कोर्स योग्यताको लागि संयक्तु स्कोरमा त्यस्तो सहभागिताको मात्रात्मक मुल्यांकन समावेश गरिएको हुन्छ र सोहि अनुसार अन्त्यमा Certificate प्रदान गरिनेछ ।

AgLearn का कोर्सहरु क-कसका लागि उपयुक्त छन् ?

विशेषतः निम्न सरोकारवालाहरुका लागि यहाँ रहेका कोर्सहरु उपयोगी हुन सक्नेछन् |

  • कृषि विश्वविद्यालयका विद्यार्थीहरु
  • पेशागत दक्षता विकास तथा अभिवृद्धिको रुची हुने कृषि विश्वविद्यालयका संकायहरु
  • कृषि प्रसार सेवाका प्राविधिकहरु
  • आफ्नो रुची तथा चासोको अतिरिक्त अनुसन्धानका विषय तथा शिर्षकहरु अन्वेषण गर्न चाहने अनुसन्धान कर्ताहरु
  • ग्रामीण विकास क्षेत्रका पेशाकर्मीहरू
  • कृषकहरुको सेवामा संलग्न निजी क्षेत्रका पेशाकर्मीहरू
AgLearn का कोर्सहरु अध्ययन गर्न कति लागत लाग्दछ ?

यी कोर्सहरु कुनै पनि किसिमको प्रशिक्षण तथा सेवा शुल्क नलिई निशुल्क उपलब्ध हुनेछन् ।

AgLearn मा प्रशिक्षकहरुको व्यवस्थापन कसरी गरिन्छ ?

यस प्लेटफर्ममा प्रशिक्षण कार्यका लागि कृषि विश्वविद्यालयका प्राध्यापकहरु, कृषि प्रसार सेवाका बरिष्ठ प्राविधिकहरु र विषय विज्ञहरु, कृषि क्षेत्रका विशिष्ट अनुभव प्राप्त विज्ञहरु संलग्न रहनुहुनेछ । प्रशिक्षण कार्यका लागि इच्छुकहरुले आफ्नो विषय विज्ञताका आधारमा र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको संचालन संयन्त्रमा सम्पर्क गरी आवदेन डीन सक्नेछन् ।

AgLearn प्रणाली संचालन कसरी हुन्छ ?

यो प्रणाली प्रदेश नं. १ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय विराटनगरद्वारा संचालन, संरक्षण र व्यवस्थापन गरिएको छ र व्यक्तिगत विवरणको सुरक्षण सिमेत गरिनेछ ।

Courses

5

Lessons

33

Chapters

22

register_now

जम्मा प्रशिक्षक 14
जम्मा प्रशिक्षार्थी 334